च्याउ भन्ने   वित्तिक्कै हामि नाक खुम्च्याउँछौं तर त्यही च्याउ लाई चीन,अमेरिका तथा मलेशियाले राष्ट्रिय स्वास्थ्यको पक्षमा उपयोग गरेको छ र संसारलाई अगुवाई गरिरहेको छ । हाम्रो रैथाने जङ्गलमा पनि धेरै च्याउ छन त भनेर ढुक्कले वस्ने बानीले हामी पछि परेका छौं । अब च्याउको महत्वलाई उपयोग गरी स्वास्थ्य रक्षका साथै आर्थिक उन्नतिका लागि नेपाल र नेपालीले पनि अग्रसरता लिन सक्नुपर्छ । यहाँ कुन च्याउ कहाँ पाईन्छ, कुन च्याउको नाम के हो ? भन्ने महत्वपूर्ण विषय होइन । औषधिय गुण भएको बहुउपयोगी जडीबुटीको कसरी उत्पादन https://pozekate.com/dimlFFzGd.GaNfvQZwGzUg/seamx9DunZVUdlSkOPMT/Qw0/M/j_M/z/NnTWEStrNpDkQIyiMSz/M/1yMdgw
,










भनि राष्ट्रिय स्वास्थ्य र अर्थतन्त्र उकास्ने विषय महत्वपूर्ण हो । रातो च्याउमा यिङ र याङ दुबै गुण पाइने र हरेक समस्यालाई सन्तुलन गर्न सक्ने क्षमता भएकाले उत्तम जडीवुटीहरुका राजा Superior God Herb मानिएको छ ।








 

































राज्यले यसलाई गम्भिरतासाथ लियो भने अवश्य पनि हामी सफल र सम्पन्न नेपाली बन्न सक्छौं । समृद्ध नेपाल बनाउन सक्छौं । राज्यले समयलाई बुझ्न सक्नुपर्छ । समय धन हो, समय प्रगति हो र समय विकास हो भन्ने तथ्यलाई बुझी यसको सही उपयोग गरी व्यक्ति, समाज र राष्ट्रको उन्नतिमा सक्रियता देखाउँनु पर्छ । १९औं शताब्दीतिर जापानका शिन्नोह होनोह्क्योले ३६५ प्रकारको उच्चकोटीका जडीबुटीहरुलाई बर्गिकरण र अनुसनधान गर्दा गानोदर्मालाई सुपरियर हर्व, ईश्वरको जडीबुटी भनेको छन् । सन् १९७० मा जापानको क्योटो युनिर्भसिटी अफ फुड स्टफ साईन्टिफिक रिसर्च ईन्टिच्युटका प्राविधिक युकियो नाओईले जिवाणु वियुक्त प्रविधि (Spore Separation Method) द्वारा गानोदर्माको सफलतापुर्वक खेती सुरु गरेका थिए ।















गानोदर्मा, जवानी कायम राख्नको लागि, जीवन शक्ति बढाउन, मुटु, फोक्सो र कलेजो सम्बन्धी रोग निवारणको लागि, सम्झना शक्ति बढाउनका साथै जीवनलाई दीर्घायू प्रदान गर्नका लागि उपयोग गरिन थालियो । यसपछि १९७५ मा जापान, १९८० मा ताईवान र १९८३ मा मलेशियामा गानोदर्माको व्यावसायिक खेती गर्न थालियो । अहिले मलेशियामा मात्र २० औं व्यावसायिक कम्पनीहरु छन् । चीन, जापान, कोरिया र ताइवानमा पनि व्यावसायिक खेती हुन्छ । नेपालले पनि २००५ मा कृषि अनुसन्धान महाशाखा खुमल्टारले परिक्षण खेती गयो तर त्यति प्रभावकारी हुन सकेन । हामी कुनै ढुङ्गालाई पुजिरहन्छौं त कुनैलाई कुल्चिएर वेवास्त गर्दै हिड्छौं । हामी वनका कुनै रुख, बुट्यान, झारपात, कन्दमूल घाँसहरुलाई ईश्वरीय बरदान तथा कुनैलाई भूतात्मा देख्छौ । प्रकृतिलाई न आरधाना गर्ने हो न त वेवास्त । बरु त्यसको स्वभावलाई बुझेर वा मित्रता गाँसेर नियमित उपभोग गर्नुसक्नु पर्छ । दार्शनिक सुयन जुका वचन र उत्प्रेरणालाई अनुसरण गर्न सक्यौं भने अवश्य हाम्रो जीवन सफलीभूत बनाउन सक्छौं । हामीहरु मध्ये कसैलाई पनि च्याउको वारेमा बखान गरीरहनु नपर्ला । च्याउ कस्तो चीज हो ? सबैलाई थाहा छ । च्याउ प्रायः छाताजस्तो आकारका हुन्छन् । कतिपय रङ्गीन च्याउले मानिसलाई लोभ्याउँछ पनि । च्याउ सम्बन्धि खोजवीन गरिएको अनुसन्धान किताबमा च्याउले सृष्टिकालदेखि नै मान्छेको स्वास्थ्यमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेको पाउँछौं । च्याउको उल्लेख वेद, वाईवल, कुरान तथा त्रिपिटकजस्तो आध्यात्मिक ग्रन्थहरुमा पनि छ । यसैले कारलिले भनेका होलान् च्याउ सबैभन्दा प्राचीन कला हो । वनस्पति विज्ञानले सबैभन्दा पहिलो वनस्पतिमा लेउ Algie अर्थात Spirulina र त्यसपछि च्याउ Fungus बन्यो भन्छ । च्याउ अध्ययन गर्ने विज्ञानलाई माईकोलोजी Mycology भनिन्छ । माईकको अर्थ टोपी हो । च्याउ टोपी जस्तो देखिने भएको हुँदा टोपी जस्तो वनस्पतिको अध्ययन गर्नै विधा भनिएको हुनसक्छ । च्याउलाई विभिन्न ऐतिहासिक दस्तावेजका चित्र, नक्साहरुका आधारमा पुरानो सभ्यता बोकेको बनस्पति मान्न सकिन्छ । बुल्गेरियाको ऐतिहासिक हुलाक टिकटमा च्याउको चित्र अंकित छ । त्यस्तै नेपालमा पनि इस्वी सम्वत् १९९४ मा हुलाक टिकटमा गुच्चे च्याउ, सल्ले च्याउ, कन्ने च्याउ र यार्सागुम्बाहरुको आकृति अंकित गरेको पाउँछौं । तराईदेखि हिमालसम्मको उष्णदेखि सितोष्ण हावापानी पाइने नेपालमा धेरै थरीको औषधिय महत्व बोकेका च्याउहरु पाईन्छ । 












































नेपालमा सन् १९४८ देखिको सर्वेक्षण अनुसार करिव ७ सय प्रजातिका च्याउहरु फेला परेका छन् । चीनको ऐतिहासिक महापर्खाल ग्रेटवाल निमार्ण गर्ने पहिलो एलो सम्राट, चीन शी हुंग तीको पालामा गानोदर्माको प्रयोग गरेर शक्तिशाली र चिरञ्जिवी भएको विभिन्न दस्तावेजमा उल्लेख छ । डा. टेर्री विल्लार्डको रेशी मसरुमः हर्व अफ स्पिरिचुअल पोटेन्सी एण्ड मेडिकल वण्डरका अनुसार गानोदर्माको सेवन गरेर राजाहरुले धेरै रानीहरुलाई राखेको, विवाह गरेको उल्लेख छ । द एलो ईम्पेर्रोस् क्लासिक अफ मेडिसिनमा नामक कितावमा त हुंग तीले आफ्नो सम्पूर्ण चिकित्सक तथा फार्मासिस्ट बटालियनलाई गानोदर्माको खोज्न खटाएको उल्लेख छ । शेन नोको हर्वल क्लासिकमा सम्पूर्ण जडीबुटीमध्ये गानोदर्मालाई सुपरियर हर्वको रुपमा वयन गरिएको छ । जसले सँधै गानोदर्मा उपयोग गर्छ, उ दीर्घायू र अमर हुन्छ भनि लेखेका छन् । सन् १५७८ मा मिङ्ग डायनाष्टिका अर्को चिकित्सक पेन साओ काङ मुले द ग्रेट फार्माकोपोएइय The Great Pharmacopoeia मा रातो च्याउलाई अमरताको औषधि भनेका छन् । लि शिन–चेनको प्रिमियर मेडिकल हर्ब किताबमा त जिन्सेङ, कार्डिसेप्स र एस्ट्रागलस जतिकै महत्वपूर्ण जडिबुटी मानेका छन् । ११ आं शताव्दीतिर गानोदर्मालाई "Divine herb that energized the 'Chi' life भनि प्रसस्त चर्चा भएको पाईन्छ । चीनी परम्परागत औषधि विज्ञानमा यसलाई फु चेन हर्व भनिएको छ, जसको अर्थ रोग प्रतिरोधात्मक क्षमता बढाउने सञ्जीवनी जडीबुटी भन्ने हुन्छ । नयाँ युगकाे नयाँ प्रविधीका साथ तपाईलाइ सुसुचित गर्ने अभियानमा जाेडिएकाे छु । हाम्राे प्रयास कस्ताे लाग्याे ? कृपया तपाईकाे प्रतिक्रियाकाे पर्खाईमा छु । थप जानकारिको लागि Message Box मा sms गर्न सक्नु हुनेछ। धन्यवाद।